भारतीय अवरोधका कारण नेपाली चिया निकासी ठप्प: असार १ गतेदेखि उद्योगहरू बन्द गर्ने उद्योगीहरूको घोषणा
filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0;
hw-remosaic: 0;
touch: (0.5590278, 0.5590278);
modeInfo: ;
sceneMode: Hdr;
cct_value: 0;
AI_Scene: (200, -1);
aec_lux: 0.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
इलाम। नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएका विभिन्न जटिलता र अवरोधका कारण पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्।
सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले इलामको फिक्कलबाट एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ का कारण नेपाली चिया निर्यातमा ठुलो बाधा पुगेको जनाएको हो।
विभिन्न प्रकारका झन्झटिला गुणस्तर जाँच, जोखिमपूर्ण एवं अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता गम्भीर समस्याले गर्दा नेपालबाट भारततर्फ चिया निर्यात हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
प्रेस विज्ञप्ति अनुसार जटिल गुणस्तर जाँचका बहानामा भारतीय बजारमा पुगिसकेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया हाल भारतीय गोदामहरू मै रोकिएर बसेको छ।
अर्कोतर्फ, निर्यात ठप्प हुँदा नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बस्न पुगेको छ। भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौँ दिनसम्म पनि उपलब्ध नगराउने र यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएका कारण नेपाली उद्योगहरू ठुलो आर्थिक मारमा परेका छन्।
निकासी ठप्प भएसँगै उद्योगहरूले चिया किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने भयानक अवस्था सिर्जना भएको छ।
चिया बजारमा देखिएको यस्तो विषम र चुनौतीपूर्ण परिस्थितिका कारण बाध्य भएर आगामी २०८३ असार १ गतेदेखि आफ्ना सम्पूर्ण उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको एसोसिएसनले घोषणा गरेको छ।
चिया उद्योगहरू बन्द हुँदा चिया किसान, दाजुभाइ तथा दिदीबहिनी, व्यवसायी र उद्योगीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै एसोसिएसनले यो गम्भीर समस्याको उचित निकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसहित सबै पक्षबाट साथ, सहयोग र ऐक्यबद्धताका लागि हार्दिक अपिल समेत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment