नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त, महाधिवेशन गराउने जिम्मेवारी
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामु नियुक्त भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयानुसार पार्टी सभापति गगनकुमार थापाले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई संघको नेतृत्व सुम्पिएका हुन्।
नवनियुक्त अध्यक्ष रामुदामुलाई तोकिएको परिधिभित्र रही संगठनको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ। महाधिवेशनको व्यवस्थित तयारीका लागि पार्टीले उनलाई ११ बुँदे कार्यादेश र विस्तृत कार्यविवरण समेत हस्तान्तरण गरिसकेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment