कालीमाटी बजारमा तरकारी र फलफूलको ताजा मूल्य: यस्तो छ शनिबारको दररेट

डिसी नेपाल
६ असार २०८३ ८:२४

काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार आज नेपाली र भारतीय ठूलो गोलभेँडाको न्यूनतम थोक मूल्य समान ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

यस्तै, लोकल सानो गोलभेँडा प्रतिकिलो १३ रुपैयाँ, तराईको सानो गोलभेँडा २० रुपैयाँ, लाम्चो रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकिलो ४७ रुपैयाँमा कारोबार भइरहेको छ।

साधारण तरकारीतर्फ लोकल गाँजरको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ भने लोकल बन्दा र स्थानीय काउली दुवै प्रतिकिलो ५० रुपैयाँमा उपलब्ध छन्। रातो मूला प्रतिकिलो ३० रुपैयाँ र लोकल सेतो मूला १५ रुपैयाँमा बिक्री भइरहँदा लाम्चो भन्टा १५ रुपैयाँ र डल्लो भन्टाको मूल्य २५ रुपैयाँ कायम भएको छ।

यसैगरी, मटरकोशा प्रतिकिलो १५० रुपैयाँ, लोकल तथा हाइब्रिड घिउ सिमी ४० रुपैयाँ, राजमा सिमी ६० रुपैयाँ, तीते करेला र लौका समान ४० रुपैयाँ तथा घिरौँला प्रतिकिलो ३० रुपैयाँमा पाइने समितिले जनाएको छ।

पाकेको फर्सी र हरियो लाम्चो फर्सीको मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकिँदा डल्लो हरियो फर्सी ३० रुपैयाँ, भिण्डी २५ रुपैयाँ, स्कुस ५० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ।

सागसब्जी र च्याउतर्फ रायोको साग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो र चमसुरको साग ५० रुपैयाँ तथा मेथीको साग ६० रुपैयाँमा थोक बिक्री भइरहेको छ। बजारमा कन्य च्याउ प्रतिकिलो १८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० रुपैयाँ पुगेको छ। साथै, बजारमा कुरिलो प्रतिकिलो २५० रुपैयाँ र न्यूरो ९० रुपैयाँमा उपलब्ध छ।

फलफूल बजारको दररेट अनुसार आज झोले स्याउ प्रतिकिलो २०० रुपैयाँ र फुजी स्याउ २८० रुपैयाँमा बिक्री भइरहेको छ। कागती प्रतिकिलो १८० रुपैयाँ र अनार ४०0 रुपैयाँ तोकिँदा नेपाली केरा प्रतिदर्जन १८० रुपैयाँ र मालभोग केरा प्रतिदर्जन २०० रुपैयाँ पुगेको छ। मौसम अनुसारका फलफूलतर्फ मालदह आँप प्रतिकिलो ८० रुपैयाँ, दसहरी आँप १०० रुपैयाँ, हरियो तरबुजा ४० रुपैयाँ, काँक्रो (लोकल) ७० रुपैयाँ र हाइब्रिड काँक्रो २० रुपैयाँमा पाइनेछ।

यसका साथै भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र भारतीय मेवा ९० रुपैयाँ निर्धारण गरिएको छ। लीच्चीको मूल्यमा भने ठूलो अन्तर देखिएको छ, जहाँ लोकल लीच्ची प्रतिकिलो १३० रुपैयाँ पर्दा भारतीय लीच्चीको मूल्य २८० रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *