रास्वपाको विधान संशोधन, १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संशोधित विधान केन्द्रीय समिति बैठकबाट पारित गरेको छ। शनिबार भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन अघि विधानमा महत्वपूर्ण हेरफेर गर्दै नयाँ सांगठनिक संरचनालाई स्वीकृति दिएको हो।
बैठकले रास्वपाको केन्द्रीय समिति अब १५१ सदस्यीय (साथमा ७ जना थपसहित) हुने गरी विधान संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार केन्द्रीय समितिमा १०० जना सदस्यहरू निर्वाचनबाट चुनिने छन् भने सातवटै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्।
विधानमा सभापतिलाई थप अधिकार दिँदै ५० जनासम्म केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ। संशोधन हुनुअघि सभापतिलाई २२ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार मात्र थियो।
पार्टी नेता गणेश पराजुलीका अनुसार भोलि आइतबारबाट सुरु हुने पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी यो महत्वपूर्ण सांगठनिक निर्णय लिइएको हो। महाधिवेशनको संघारमा गरिएको यो संशोधनले पार्टीको आगामी कार्यदिशा र संरचनालाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment