रास्वपा महाधिवेशनको दोस्रो दिन: भरतपुरमा सुरक्षा व्यवस्थामा उच्च कडाइ

डिसी नेपाल
८ असार २०८३ १०:०७

चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षा व्यवस्थालाई अत्यन्तै चुस्त र कडा बनाइएको छ।

महाधिवेशन स्थल र आसपासको क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको हो।

गत आइतबारदेखि भव्य रूपमा सुरु भएको रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशन आगामी मंगलबारसम्म चल्ने तालिका रहेको छ। महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र तथा विभिन्न सांगठनिक एवं नीतिगत विषयहरूमाथि छलफल हुने भएकाले पनि सुरक्षा जाँच र निगरानीमा थप कडाइ गरिएको बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *