एमाले उपाध्यक्ष पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो, त्यहाँबाट काठमाडौं ल्याइने
सुर्खेत । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगिएको छ।
आज दिउँसो सुर्खेतमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका पौडेललाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पठाएको पक्राउ पुर्जीका आधारमा सुर्खेत प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पौडेललाई नेपालगञ्ज पुर्याइएको छ र त्यहाँबाट थप अनुसन्धानका लागि काठमाडौं ल्याइने तयारी छ।
यसअघि आजै विभागको टोलीले काठमाडौंको भैंसेपाटीस्थित पौडेलको डेरामा पनि छापा मारेको थियो। विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र शंकास्पद सेयर कारोबारको विषयमा अनुसन्धान गर्न विभागले पौडेललाई पक्राउ गरेको स्रोतको दाबी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment