एमाले उपाध्यक्ष पौडेललाई भोलि बिहानै काठमाडौं ल्याइने

डिसी नेपाल
८ असार २०८३ २०:४५

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई आज काठमाडौं नल्याइने भएको छ।

सुर्खेतबाट पक्राउ परेका पौडेललाई आजै नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जबाट हवाई जहाजमार्फत उनलाई आजै काठमाडौं ल्याउने तयारी गरिएको थियो। यद्यपि, राति अबेर भइसकेको र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आजको यात्रा स्थगन गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, सुरक्षा प्रबन्ध मिलाएर भोलि बिहानै हवाई जहाजमार्फत उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

यसअघि आजै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलको भैंसेपाटीस्थित डेरामा समेत छापा मारेको थियो। विवादित व्यवसायी दीपक भट्टसँगको शंकास्पद सम्बन्ध र सेयर कारोबारका विषयमा थप अनुसन्धान गर्न विभागले उनलाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेललाई हाल नेपालगञ्जस्थित सुरक्षा निकायको निगरानीमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *