एमाले उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतमा पेस गरिँदै

डिसी नेपाल
९ असार २०८३ १५:३२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले विशेष अदालतमा पेस गर्ने तयारी गरेको छ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज काठमाडौं ल्याई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो। विभागमा करिब दुई घण्टा राखेर बयान तथा प्रक्रिया पूरा गरेपछि उनलाई म्याद थपका लागि विशेष अदालत लगिँदै छ।

विभागका उच्च स्रोतका अनुसार, पौडेलले गरेको शंकास्पद सेयर कारोबार र सम्पत्तिको स्रोतका सम्बन्धमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै सिलसिलामा विभागको टोलीले उनको निवासमा समेत छापा मारेको थियो।

अहिले विशेष अदालतमा उनलाई पेस गरी अनुसन्धानका लागि थप म्याद लिने तयारी भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *