वामपन्थी एकतामा ढिलाइ नगरौं, यो ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
काठमाडौं । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा वामपन्थी शक्तिहरू छिटोभन्दा छिटो एक हुनुपर्नेमा जोड दिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले वामपन्थी एकता आजको मुख्य आवश्यकता भएको बताएका हुन्। उनले एकतामा भइरहेको ढिलाइले गम्भीर क्षति पुर्याउने चेतावनी दिए।
‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि, निरंकुशता र फासिजमका विरुद्ध तथा वैदेशिक दबाब र हस्तक्षेपलाई चिर्नका लागि हामी ढिलो नगरी एक हुनुपर्छ। वामपन्थी र देशभक्त शक्तिहरू छिटोभन्दा छिटो एक ठाउँमा उभिनुको विकल्प छैन, ढिला गर्नु गल्ती हुन्छ,’ उनले भने।
देशका सामु खडा भएका चुनौतीहरूलाई सामना गर्न र परिवर्तनका एजेन्डाहरूलाई संस्थागत गर्न कम्युनिस्ट तथा देशभक्त शक्तिबीचको एकता अनिवार्य रहेको उनको भनाइ थियो।






डिसी नेपाल





Facebook Comment