एकान्तकुनास्थित यातायात कार्यालयबाट तीन बिचौलिया पक्राउ
काठमाडौं। यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन्। सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ३९ वर्षीय महेश सुवेदी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३१ का सुदिप माझी रहेका छन्।
उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूबाट नगद ४५ हजार ५ सय, तीन वटा गाडीको बिलबुक र लाइसेन्स बरामद गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment