थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैदको फैसला
जनकपुरधाम । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट यसअघि सफाइ पाएका नेकपा (एमाले) नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महतोलाई ५ वर्ष कैद सजायको फैसला सुनाएको हो। यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते उनलाई सफाइ दिने फैसला गरेको थियो।
जिल्ला अदालतको उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावेदन दायर भएको थियो। तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मा पक्षलगायतले दायर गरेको सो पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको हो।
२०७२ सालको मधेश आन्दोलनका क्रममा असई थमन विकको हत्या भएको थियो। उक्त घटनामा आरोपित रहेका महतोले सफाइ पाएपछि सो मुद्दा चर्चामा थियो, तर उच्च अदालतको नयाँ फैसलासँगै उनी दोषी ठहर भएका छन्।






डिसी नेपाल





Facebook Comment