गुठी संस्थानको प्रशासक पदका लागि संक्षिप्त सूची सार्वजनिक, असार २८ गते अन्तर्वार्ता हुने

डिसी नेपाल
२७ असार २०८३ ७:०१

काठमाडौं। गुठी संस्थानको प्रशासक छनौट तथा सिफारिस समितिले सम्भाव्य उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ। समितिको असार २६ गते बसेको निर्णय अनुसार योग्यता पुगेका ६ जना उम्मेदवारहरूको नाम वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको हो।

छनौटमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार २८ गते आइतबारका दिन सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हुने तय भएको छ।

उम्मेदवारहरूलाई आफूले दरखास्तसाथ पेश गरेका नागरिकता प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी कागजात तथा शैक्षिक योग्यताका प्रमाणपत्रहरूको सक्कलै प्रतिसहित व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन सूचित गरिएको छ ।

समितिले सार्वजनिक गरेको तालिका अनुसार पहिलो नम्बरमा रहेका धरान, सुनसरीका अशोक कुमार घिमिरे (दर्ता नं. ८६०) को प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार २८ गते बिहान १०:०० बजे हुनेछ।

त्यसैगरी तादी, नुवाकोटका दिपकराज पाठक (दर्ता नं. ८४७) को समय सोही दिन बिहान १०:५० बजे तय गरिएको छ भने कीर्तिपुर, काठमाडौंका पञ्चलाल महर्जन (दर्ता नं. ८५९) को अन्तर्वार्ता बिहान ११:४० बजे हुनेछ। चन्द्रागिरी, काठमाडौंका राजेन्द्र श्रेष्ठ (दर्ता नं. ८४६) को समय दिउँसो १२:३० बजेका लागि तोकिएको छ।

त्यस्तै कीर्तिपुर, काठमाडौंकी शुसिला सिंखडा (दर्ता नं. ८६२) को प्रस्तुतीकरण दिउँसो १:२० बजे सुरु हुनेछ भने अन्तिम नम्बरमा रहेका काठमाडौं न्यूरोडका शैलेश राज कुँवर (दर्ता नं. ८५७) को अन्तर्वार्ता सोही दिन दिउँसो २:१० बजेका लागि तय गरिएको छ।

सूचीमा परेका सबै उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको स्थान सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *