पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
बागलुङ। पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका हुन्।
मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। सडक अवरुद्ध हुँदा धेरै यात्रु सडकमै अलपत्र परेको उनको भनाइ छ।
त्वातीले भने, “बिहानदेखि सडक अवरुद्ध छ, अहिलेसम्म खुलेको छैन, सडक नखुल्दा ढोरपाटन जाने र फर्किने यात्रु समस्यामा परेका छन्, यद्यपि सडक खुलाउनका लागि मेसिन भने प्रयोग भइरहेको छ।” ढोरपाटन घुम्न आउने पर्यटकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै आउन उनले आग्रह गरे। यो याममा ढोरपाटन आउने पर्यटकको घुइँचो नै लाग्ने गर्छ।






डिसी नेपाल





Facebook Comment