बझाङ जीप दुर्घटना: ३ जनाको मृत्यु, ५ जना घाइते

डिसी नेपाल
२७ असार २०८३ १८:३२

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका-७, सुङगरेमा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मुकेश कुमार केशरीका अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार कार्यलाई तीव्रता दिइएको प्रजिअ केशरीले जानकारी दिए। ‘हामी अहिले उद्धार कार्यमा खटिएका छौँ। घाइतेहरूको तत्काल उद्धार गर्न हेलिकप्टर घटनास्थलतर्फ पठाइसकिएको छ,’ उनले भने। घटनाबारे थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *