काँडाघारीबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन

डिसी नेपाल
२८ असार २०८३ १०:२४

काठमाडौं। काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन भएका छन्।

डोटी जिल्लाको सलेना गाउँपालिका वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामवाहादुर बलायर सम्पर्कविहीन भएका हुन्।

उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए। उनी घर नफर्के पछि आफ्न्तहरुले खोजी कार्यसुरु गरेका थिए।

तर उनको हालसम्म कुनै पनि खबर नआए पछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरिएकाे छ। खोजी कार्य भए पनि उनको कुनै खबर पाएको छैन।

उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए। उनीलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *