नागार्जुनमा कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’, साउन ४ सम्म चल्ने
काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ५ हरिसिद्धि, सितापाइलामा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु भएको छ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित उक्त महोत्सवको एक विशेष समारोहका बिच उद्घाटन गरिएको हो। महोत्सवको उद्घाटन नागार्जुन नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष महेश रिमालले गरे।
उद्घाटन मन्तव्य राख्दै रिमालले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, आन्तरिक व्यापारको विस्तार र लोक संस्कृतिको जगेर्ना गर्न यस्ता महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उद्घाटन कार्यक्रम राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो।
साउन ४ गतेसम्म चल्ने महोत्सवका मुख्य आकर्षणको रुपमा महोत्सव स्थलमा विभिन्न रैथाने तथा आधुनिक कृषि उत्पादन, औद्योगिक सामग्री, विविध स्वादका खानेकुरा ९फूड स्टल० का साथै बालबालिका र युवाहरूका लागि पिङ तथा विभिन्न मनोरन्जनात्मक खेलका स्टलहरू राखिएका छन्।
महोत्सवको अवधिभर नेपालका ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा रचना रिमाल, समिक्षा अधिकारी, एलिना चौहान, पशुपति शर्मा, नवराज घोरासिनी, भोजराज काफ्ले, सरोज लामिछाने, भिमसेन खतिवडा, सृजना खत्री ९हाउडेमाया०, सहिमा श्रेष्ठ र विन्दु परियार लगायतका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन गराउने छन्।
स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउन र सर्वसाधारणलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्न आयोजित यो महोत्सव आगामी साउन ४ गतेसम्म निरन्तर चल्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment