विदेशी मुद्राको नयाँ विनिमयदर, डलर र युरोको भाउ बढ्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ दररेटअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा कायम गरिएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८५ पैसा र बिक्रीदर १७६ रुपियाँ ५३ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ६० पैसा र बिक्रीदर २०७ रुपियाँ ४१ पैसा रहेको छ। स्वीस फ्रयांक एकको खरिददर १९० रुपियाँ ३४ पैसा र बिक्रीदर १९१ रुपियाँ ०९ पैसा निर्धारण हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ५८ पैसा कायम भएको छ।
यस्तै क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ५७ पैसा र बिक्रीदर ११० रुपियाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ११ पैसा र बिक्रीदर ११९ रुपियाँ ५८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा तोकिएको छ।
खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ १० पैसा निर्धारण गरिएको छ भने जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।






डिसी नेपाल





Facebook Comment