आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
काठमाडौं। संघीय संसद्अन्तर्गत आज सोमबार तीन वटा विषयगत समितिको बैठक बस्दै छ। राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ। सो बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, दिउँसो १:०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुनेछ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २:१५ बजे बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयनको मापन, विधायिकी अन्तरसम्बन्ध तथा अन्य विविध समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।






डिसी नेपाल





Facebook Comment