देशभर २४ घण्टामा ४७ विपद्का घटना: दुईको मृत्यु, वैशाखयता १७३ जनाले गुमाए ज्यान

डिसी नेपाल
७ साउन २०८३ १३:३१
No ads found for this position

काठमाडौं। देशका विभिन्न भागमा बुधबार भएका ४७ वटा विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर दुई जनाको ज्यान गएको हो भने अन्य पाँच जना घाइते भएका हुन्।

प्राधिकरणले दर्ता गरेको विवरण अनुसार २४ घण्टाको अवधिमा पहिरोका १६, सडक अवरोधका १४, आगलागीका पाँच, सर्पदंशका पाँच, बाढीको एक, चौपाया क्षतिको एक र अन्य चार वटा घटना भएका छन्।

यी विपद्का घटनाहरूबाट कुल सात परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने करिब एक करोड ९० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।

यसैबीच, चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि हालसम्म देशभर दुई हजार ३६१ वटा विपद्जन्य घटना घटिसकेका छन्। सो अवधिमा भएका विभिन्न प्राकृतिक तथा अन्य विपद्मा परी १७३ जनाले ज्यान गुमाएका छन् भने दुई जना अझै बेपत्ता रहेका छन्।

प्राधिकरणका अनुसार यी घटनाहरूमा एक हजार २०८ जना घाइते भएका छन् भने देशभरका चार हजार ८६९ परिवार प्रभावित बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *