फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल सिफलबाट पक्राउ
काठमाडौं । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ सिफल निवासी मृगेन्द्रनाथ रिमाल रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई उनकै क्षेत्र काठमाडौं महानगरपालिका-७, सिफलबाट नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाललाई दीपक भट्टसँग जोडिएको कसुरमा पक्राउ गरिएको हो।
गत जेठ २८ गते नै जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरिएको भए पनि उनी फरार रहेका थिए। त्यसयता फरार सूचीमा रहेका रिमाललाई नियन्त्रणमा लिई थप कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment