कर अधिकृत घुस रकमसहित पक्राउ
जनकपुरधाम । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार, लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहजता प्रदान गर्ने बाहानामा कर अधिकृत पालले सेवाग्राहीबाट उक्त घुस लिएका थिए।
आयोगको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिइसकेको छ भने बरामद गरिएको घुस रकमको यकिन गर्न थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment