सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

डिसी नेपाल
१८ साउन २०८३ ९:१८

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति एक्कासी आएको सुक्खा पहिरोका कारण स्थानिय बासिन्दा घर छाड्न बाध्य भएका छन् ।

आइतबार राति करिब ८ः३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेसँगै स्थानियले घर छाडेर गएपछि बजार क्षेत्र सुनसान बनेको छ । मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार ढुङ्गा खस्ने क्रम सुरु र्भपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

केही दिनअघि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षति भएका थिए । वर्षासँगै पहिरो र ढुङ्गा खस्ने जोखिम बढिरहेकाले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक परे थप सुरक्षा व्यवस्थापन गर्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *