मन्त्रालयको चेतावनी : १५ दिनभित्र हाजिर नभए सरकारी सेवाबाट हटाइने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम चेतावनीसहितको सूचना जारी गरेको छ।
मन्त्रालयद्वारा सार्वजनिक सूचना अनुसार, खानी तथा भू-गर्भ विभागमा कार्यरत जियोलोजी असिस्टेन्ट (रा.प. तृतीय श्रेणी) गौतम प्रसाद खनाल २०८२ असोज ७ गतेदेखि बिनाजानकारी वा पूर्वस्वीकृति कार्यालयमा अनुपस्थित रहँदै आएका छन्।
मन्त्रालयले उनलाई तोकिएको १५ दिनको समयसीमाभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। यदि तोकिएको मितिभित्र सम्पर्कमा नआए वा चित्तबुझ्दो स्पष्टीकरण पेस नगरे निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने (बरखास्त गर्ने) कारबाही अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment