उपत्यकामा २४ घण्टाभित्र ९३९ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ सय ३९ वटा सवारीसाधनका चालकलाई प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा मंगलबारर बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै अन्य सर्वसाधारण नियम उल्लंघन गर्ने ६ सय ७ जना चालक रहेका छन्।
यसैगरी तीव्र गतिमा सवारी चलाउने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ५३ जना, सीसीटीभी प्रविधिमार्फत ४३ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी हाक्ने ४१ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने ३४ जना, एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने २८ जना, सवारीसाधनको यान्त्रिक अवस्था ठीक नभएका २८ जना र हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्नका लागि प्रहरीले चेकिङमा कडाइ गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment