बीमा क्षेत्रको सुधारका लागि अध्ययन समिति गठन, संयोजकमा सुशीलकुमार ओझा

डिसी नेपाल
१९ साउन २०८३ ७:०२

काठमाडौं। अर्थ मन्त्रालयले समग्र बीमा क्षेत्रको सुधार, व्यवस्थित सञ्चालन र नीतिगत पुनरावलोकनका लागि अध्ययन गरी सुझाव पेस गर्न एक विज्ञ समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेका हुन्।

गठित समितिको सदस्यहरूमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्।

समितिलाई बीमा क्षेत्रमा देखिएका समस्या, विद्यमान कानुनी तथा संरचनागत व्यवस्थाको सूक्ष्म अध्ययन गरी सुधारका लागि ठोस सिफारिससहितको प्रतिवेदन पेस गर्न ९० दिन (तीन महिना) को समयसीमा तोकिएको अर्थ मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *