राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति

डिसी नेपाल
१९ साउन २०८३ १६:१६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति भएको छ।

मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो।

यसअघि राष्ट्र बैंकको सञ्चालक समिति नौ सदस्य राख्ने प्रस्ताव गरिएको थियो।

बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए। उनले राष्ट्र बैंक विशिष्टिकृत संस्था भएकाले नातावाद वा राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *