कुटनीतिक दौडधुप: प्रधानमन्त्री बालेन शाहले भारत र चीनका राजदूतलाई भेट्दै

डिसी नेपाल
२५ साउन २०८३ १०:५३

काठमाडौं।  प्रधानमन्त्री बालेन शाहले आज छिमेकी मुलुक भारत र चीनका राजदूतहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेट्ने कार्यक्रम तय भएको छ। भारतीय राजदूतसँगको भेटवार्तालगत्तै उनले चिनियाँ राजदूतसँग शिष्टाचार तथा द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन्।

भेटका क्रममा नेपाल-भारत र नेपाल-चीनबीचका बहुआयमिक द्विपक्षीय सम्बन्ध, विकास साझेदारिता, सीमा व्यवस्थापन तथा व्यापारिक सहकार्यका विषयमा छलफल हुने बुझिएको छ।

प्रधानमन्त्री शाहले आफ्नो १०० बुँदे सुधार योजना  तथा छिमेकी मुलुकहरूसँगको सन्तुलित र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै आएका छन्। यसै सन्दर्भमा दुवै छिमेकी मुलुकका राजदूतहरूसँग हुन लागेको यो भेटवार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *