ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता, चार विज्ञ अवैतनिक रूपमा नियुक्त

डिसी नेपाल
२९ साउन २०८३ १०:३३

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार थप तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार टिमले पूर्णता पाएको हो।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्र हेर्ने गरी सल्लाहकार नियुक्त गरेका छन्। यसअघि नै मन्त्री श्रेष्ठले विवेकराज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए।

नयाँ नियुक्तिसँगै मन्त्रीको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना, लगानी र निजी क्षेत्रका विविध विषयमा विषयगत विज्ञता हासिल गरेका चार जना विज्ञ समेटिएका छन्।

यी सल्लाहकारहरूले सम्बन्धित क्षेत्रमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयजस्ता विषयहरूमा मन्त्रालय र मन्त्रीलाई आवश्यक परामर्श तथा सुझाव दिनेछन्। मन्त्रालयका अनुसार सबै सल्लाहकारहरूले अवैतनिक (कुनै सेवा-सुविधा नलिने गरी) रूपमा जिम्मेवारी निर्वाह गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *