नेपाली सेनाद्वारा २८० अधिकृत क्याडेटका लागि दरखास्त आह्वान

डिसी नेपाल
२९ साउन २०८३ १०:५२

काठमाडौं। नेपाली सेनाले रिक्त २ सय ८० जना अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) पदका लागि नयाँ भर्ना आह्वान गरेको छ।

जंगी अड्डास्थित भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजैदेखि भदौ १८ गतेसम्म तोकिएको ढाँचामा आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया र थप विवरण नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने निर्देशनालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *