सुनको मूल्य तोलामा ४ हजार ६ सयले घट्यो, चाँदी पनि सस्तियो

डिसी नेपाल
२९ साउन २०८३ ११:३९

काठमाडौं।। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

यसअघि साताको मध्यतिरबाटै सुनको मूल्यमा लगातार ओरालो लाग्ने क्रम जारी थियो। बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पनि १ हजार २ सय रुपैयाँले घटेको थियो।

साताको सुरुवातमा भने सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो। सोमबार २ सय रुपैयाँले घट्दै ३ लाख १ हजार ५ सय रुपैयाँमा झरेको सुन मङ्गलवार एकै दिन ६ हजार ४ सय रुपैयाँको उच्च वृद्धि भई ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलामा ९० रुपैयाँले घट्दै ४ हजार ६ सय ६० रुपैयाँमा कायम भएको छ।

यसअघि बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ३५ रुपैयाँले घटेको थियो। मंगलवार ११० रुपैयाँ र सोमबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य साताको अन्तिम दिन आइपुग्दा उल्लेख्य रूपमा ओरालो लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *