बैंकिङ कसुर मुद्दामा १४ लाख जरिवाना ठहर भएका अधिकारी पक्राउ

डिसी नेपाल
२९ साउन २०८३ २१:३०

काठमाडौं। प्रहरीले बैंकिङ कसुर मुद्दामा रु १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका-५ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ काँडाघारी बस्ने ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

वादी नेपाल सरकार प्रतिवादी अधिकारी भएको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलको फैसलाले दुई दिन कैद र जरिवाना रु १४ लाख ठहर भई फरार रहेकाले निजलाई आज मनोहराबाट पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

निज अधिकारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *