कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला आज पनि जारी, तीन मिनेटभित्र विचार राख्न प्रतिनिधिहरूलाई समय

डिसी नेपाल
३० साउन २०८३ ६:५१

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला दोस्रो दिन आज पनि जारी रहने भएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको उक्त भेला आज बिहान ११:०० बजेबाट पुन: सञ्चालन हुन लागेको हो।

प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेला भोलि साउन ३१ गतेसम्म चल्नेछ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको सभापतित्वमा भइरहेको यो भेलामा सहभागी प्रतिनिधिहरूलाई आफ्नो धारणा राख्न प्रतिव्यक्ति तीन मिनेटको समय निर्धारण गरिएको छ। भेलाले संगठन परिचालन र विभिन्न जिम्मेवारी बाँडफाँडका लागि कम्तीमा १४ वटा उपसमितिहरूसमेत गठन गर्ने जनाइएको छ।

सर्वोच्च अदालतले हालै कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन (रिभ्यू) गर्ने अनुमति दिएपछि देउवा समूह उत्साहित बनेको छ।

करिब पाँच महिनाको विदेश बसाइपछि निवर्तमान सभापति देउवा पनि यसै भेलामा सहभागी हुन गत बिहीबार स्वदेश फर्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *