बाटो मर्मतपछि राहत सामग्री लिएर जाजरकोटको रिसाङ पुग्यो सरकारी टोली
जाजरकोट। लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ।
नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्वर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो।
बाटो मर्मत नहुँदा राहत सामग्री ढुवानी समस्या भएपछि मानिस हिंडन मिल्ने गरेर मंगलबार बाटो मर्मतपछि सरकारी अधिकारीको टोली राहत सामग्री लिएर रिसाङ पुगेको हो।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भवानी दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी गोबिन्द थापालगायतको टोली रिसाङ पुगेको हो।
कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्रीदेखि जिल्लामा उपलब्ध अन्य सामग्री लिएर सुरक्षाकर्मीलगायत अन्य टोली मृतकका घर–घरमा पुगेको नेपाली सेनाले जनाएको छ।
बाटो नहुँदा विरामी, सर्वसाधारण तथा राहतत ढुवानीमै समस्या भएपछि समस्या भोगेका स्थानीयबासीलाई सहज भएको छ।
मृतक चारै जनाको घरमा गएर टोलीले भेटघाट समेत गरेको छ। रिसाङस्थित विद्यालयमा बसेका विस्थापितलाई समेत टोलीले भेटेको छ। आजदेखि बाटो मर्मत गरेर राहत सामग्री लिन सकिने अवस्था भएपछि सबैलाई सहज भएको छ।
शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको थियो।
मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन्। यसअघि, कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment