रसुवा भोटेकोशी बाढी : ६५ घाइते काठमाडौंका ७ अस्पतालमा, तीनको अवस्था गम्भीर

डिसी नेपाल
११ भदौ २०८३ १५:१८

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भई घाइते भएका ६५ जना नागरिकको काठमाडौंका विभिन्न सातवटा अस्पतालहरूमा उपचार भइरहेको छ।

जिल्ला तथा उद्धार टोलीले उद्धार गरी काठमाडौं ल्याएका घाइतेहरूको त्रिवि शिक्षण अस्पताल (टिचिङ), राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, नर्भिक अस्पताल, मनमोहन अस्पताल, बीरेन्द्र सैनिक अस्पताल (छाउनी) र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार भाद्र ११ गते दिउँसो १:३० बजेसम्म प्राप्त आधिकारिक विवरण अनुसार उपचाररतमध्ये तीन जना घाइतेको अवस्था गम्भीर (सिरियस) रहेको छ भने दर्जन बढी घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।

उपचाररत घाइतेहरूमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका बर्दिया बासगढीका नन्दलाल घर्तीको अवस्था गम्भीर रहेको छ। उनको दुवै खुट्टा, बायाँ हात, छाती र पेटमा गम्भीर चोट लागेको छ।

त्यस्तै वीर अस्पतालमा भर्ना भएकी ८० वर्षीया एक र त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा उपचाररत राजेन्द्र भट्टको अवस्था पनि गम्भीर रहेको अस्पतालहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *