नुवाकोटमा प्रहरीद्वारा माइकिङ: रसुवातर्फबाट पुनः बाढी आएको सूचनापछि सर्वसाधारणलाई सतर्क रहन अपिल
नुवाकोट। रसुवातर्फबाट भोटेकोशी तथा त्रिशूली नदीमा फेरि अर्को बाढी आएको सूचना प्राप्त भएपछि नुवाकोट प्रहरीले तटीय क्षेत्रका सर्वसाधारणलाई नदी किनार नजान र तत्काल सुरक्षित स्थानतर्फ लाग्न माइकिङ गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्लाको विदुर लगायत नदी तटीय क्षेत्रहरूमा प्रहरी टोलीले माइकिङ गर्दै “फेरि बाढी आएको सूचना आएको छ, नदी नजिक नजानुहोला र अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला” भन्दै निरन्तर सचेत गराइरहेको छ।
गएको भदौ १० गते नेपाल-चीन सीमा क्षेत्रमा हिम-चट्टान खसेर नदी थुनिएपछि आएको अकस्मात् बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्याएको थियो। माथिल्लो तटीय क्षेत्रमा थुनिएको ताल फुटेर वा नयाँ बाढी आउन सक्ने जोखिम अझै कायमै रहेकाले स्थानीय प्रशासन र प्रहरीले नागरिकहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment