भोटेकोशी बाढी: बेपत्ता आफन्तको खोजीमा टिचिङ अस्पतालका भित्तामा तस्बिरै तस्बिर (तस्बिरसहित)

डिसी नेपाल
१५ भदौ २०८३ १३:४६
8
Shares

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) धाउन थालेका छन्।

आफन्त भेटिने आसमा अस्पताल पुगेका परिवारजनले बेपत्ता व्यक्तिहरूको तस्बिर र पहिचान खुल्ने विवरण अस्पतालका भित्ताहरूमा टाँसेका छन्। बाढीका कारण बेपत्ता भएका दर्जनौँ नागरिकको खोजी र पहिचानका लागि आफन्तहरूले टाँसेका तस्बिर र सूचनाले अहिले टिचिङ अस्पतालका भित्ताहरू भरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *