भोटेकोशी बाढी: बेपत्ता आफन्तको खोजीमा टिचिङ अस्पतालका भित्तामा तस्बिरै तस्बिर (तस्बिरसहित)

डिसी नेपाल
१५ भदौ २०८३ १३:४६

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) धाउन थालेका छन्।

आफन्त भेटिने आसमा अस्पताल पुगेका परिवारजनले बेपत्ता व्यक्तिहरूको तस्बिर र पहिचान खुल्ने विवरण अस्पतालका भित्ताहरूमा टाँसेका छन्। बाढीका कारण बेपत्ता भएका दर्जनौँ नागरिकको खोजी र पहिचानका लागि आफन्तहरूले टाँसेका तस्बिर र सूचनाले अहिले टिचिङ अस्पतालका भित्ताहरू भरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *