सिंगापुरद्वारा नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता

डिसी नेपाल
१५ भदौ २०८३ २१:३५

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंगापुरका परराष्ट्रमन्त्री डा. भिभियन बालकृष्णनले आज टेलिफोन गरी नेपालमा हालै आएको विपत्तिप्रति दुःख व्यक्त गरेका छन्।

टेलिफोन वार्ताका क्रममा सिंगापुरका परराष्ट्रमन्त्री बालकृष्णनले नेपालप्रति ऐक्यबद्धता जनाउँदै विपत्तिपछि नेपाली अधिकारीहरूले गरेको तत्काल र समन्वयात्मक उद्धार तथा राहत प्रयासको प्रशंसा गरेका छन्।

उनले नेपालको आवश्यकताअनुसार मानवीय सहायता उपलब्ध गराउन सिंगापुर तयार रहेको बताउँदै शव तथा बेपत्ता व्यक्ति पहिचानका लागि विशेषज्ञ टोली र ड्रोन सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छन्।

परराष्ट्रमन्त्री खनालले सिंगापुरको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोजी जारी रहेको तथा खोजी, उद्धार, राहत र पुनःस्थापनाका काम भइरहेका बारे जानकारी गराएका छन्।

उनले कठिन परिस्थितिमा नेपाललाई महत्वपूर्ण सहयोग र समर्थन गरेकोमा सिंगापुर सरकार तथा जनताप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *