नागरिक लगानी कोषद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ।
कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।
विपत्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यमा टेवा पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको कोषका कार्यकारी निर्देशक कार्कीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment