२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही

डिसी नेपाल
१६ भदौ २०८३ ८:०९

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७७१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १११, हर्न निषेधमा २६, लेन क्रसमा ४१, अवस्था ठिक नभएको २३, एकतर्फीमा ११ र अन्यमा ४३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *