बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि भारतीय दूतावासद्वारा प्रक्रिया सार्वजनिक
काठमाडौं। काठमाडौँस्थित भारतीय दूतावासले भदौ १० (अगस्ट २६) मा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचान तथा हस्तान्तरणका लागि अपनाउनुपर्ने कानुनी र प्राविधिक प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ।
भारतीय दूतावासका अनुसार नेपाल सरकारले स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै ठुलो सङ्ख्यामा पहिचान हुन नसकेका शवहरूलाई अस्थायी रूपमा गाडेकाले ती शवको पहिचानका लागि प्रथम तहका आफन्तसँग डीएनए मिलान गर्नुपर्ने हुन्छ।
दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर तथा विवरणका आधारमा आफन्तले प्रारम्भिक पहिचान गर्न सक्नेछन्। त्यसपछि दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गरी शव भारत लैजाने प्रक्रियामा सहजीकरण गर्नेछ।
विदेशी नागरिकको शव हस्तान्तरणका लागि नेपाल सरकारले तय गरेका प्रक्रियाहरू निम्नअनुसार छन्:
-
शवसम्बन्धी आवश्यक कागजात तयार गर्ने
-
शवको तस्बिर तथा विवरण अभिलेख गर्ने
-
पोस्टमार्टम परीक्षण गर्ने र मृत्युको कारण प्रमाणित गर्ने
-
औपचारिक रूपमा पहिचान स्थापित गर्ने
-
औँठाछाप, डीएनए तथा फरेन्सिक नमुना सङ्कलन गर्ने
-
मृतकको राहदानी वा परिचयपत्र प्रमाणीकरण गर्ने
-
दूतावास वा कन्सुलर समन्वय पूरा गर्ने
-
रिलिज मेमो र रसिद तयार गरी शव हस्तान्तरण गर्ने
नेपाली अधिकारीहरूले temporary रूपमा गाडिएका शवबाट डीएनए नमुना संकलन गरी प्रोफाइल तयार पारिरहेका छन्। डीएनए मिलानका लागि मृतकका प्रथम तहका आफन्तले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन वा नेपाली अधिकारीहरूले माग गरेका विवरणसहित रगतको नमुना उपलब्ध गराउन सक्नेछन्। दूतावासमार्फत सहजीकरण आवश्यक परेमा प्रथम तहका आफन्तको डीएनए प्रोफाइलको प्रतिलिपि भारतीय दूतावासमा पनि पठाउन सकिनेछ।
डीएनए प्रोफाइलिङसम्बन्धी थप विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। साथै, थप जानकारीका लागि नेपाल प्रहरीको हेल्पलाइन नम्बर +९७७ ९८४१६१६०९५ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार रसुवामा आएको बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भइसकेको छ। जसअन्तर्गत चितवनबाट २७९, नवलपरासी पूर्वबाट २१६, नवलपरासी पश्चिमबाट १६८, गोरखाबाट ६५, धादिङबाट ५५, तनहुँबाट ३८ र रसुवाबाट २३ वटा शव फेला परेका छन्।
अहिले पनि ५९२ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ जना बेपत्ता रहेका छन्। उद्धार कार्य जारी रहँदा हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार नेपालबाट हालसम्म १५८ जना भारतीय नागरिकको सुरक्षित उद्धार गरी घर फर्काइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment