आसामा अस्पतालबाहिर टाँसिएको फोटो हेर्दै बौद्ध भिक्षु

डिसी नेपाल
१६ भदौ २०८३ १३:३३

काठमाडौं। बाढीपहिरो र प्राकृतिक विपद्‌मा परी बेपत्ता भएका आफ्ना प्रियजनको कुनै खबर पाइन्छ कि भन्ने आशामा आफन्तहरू यतिबेला अस्पताल र सरकारी संयन्त्रहरूले टाँसेका सूचना पाटीमा आँखा बिछ्याउन बाध्य छन्।

त्यस्तै एउटा हृदयविदारक दृश्य देखिएको छ-आसामा अस्पतालबाहिर। विपद्‌मा परी ज्यान गुमाएका तथा पहिचान हुन बाँकी रहेका शवहरूको फोटो टाँसिएको बोर्डअगाडि एक बौद्ध भिक्षु भावुक मुद्रामा उभिएका छन्। फोटोहरूमा आफ्ना मान्छे, अनुयायी वा परिचित कसैको अनुहार भेटिन्छ कि भन्दै ती भिक्षु एकटकले तस्बिरहरू नियालिरहेका छन्।

भूकम्प, बाढी र पहिरोजस्ता ठुला विपद्का बेला हराइरहेकाहरूको पहिचानका लागि सुरक्षा निकाय र अस्पतालहरूले संकलन गरेका शवका तस्बिरहरू सार्वजनिक स्थानमा टाँस्ने गर्छन्। अस्पतालबाहिर फोटो टाँसिएको सूचना पाटी अहिले आफन्त गुमाएका र बेपत्ताको खोजीमा रहेका हजारौँ मानिसका लागि आशा र त्रासको साझा थलो बनेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *