गायक डिल्ली पौडेलको नयाँ गीत ‘अँधेरी रातैमा’ सार्वजनिक
काठमाडौं। गायक डिल्ली पौडेल, गायिका रिना केसी र गंगा पौडेलको संयुक्त स्वरमा सजिएको नयाँ गीत ‘अँधेरी रातैमा’ बजारमा आएको छ। टुकु शर्माको प्रस्तुति रहेको यो गीत रिना केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा रिना केसीको शब्द रचना रहेको छ भने लय तथा संगीत गायक स्वयं डिल्ली पौडेलले तयार पारेका हुन्। यस गीतलाई दिवस थापा मगरले संगीत संयोजन (एरेञ्ज) गरेका हुन्।
बागलुङको जैमिनी स्थायी घर भई शिक्षण पेसामा समेत संलग्न पौडेलले २०५९ सालमा ‘पिपलुको पात’ एल्बममार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। त्यसयता निरन्तर संगीत क्षेत्रमा सक्रिय उनले यसअघि ‘छ छैन मायाले बाटो चिनेको’, ‘सेरा बजार मायाले’, ‘बोडी र तरुल’, ‘केतुकी’ तथा ‘हेरिनौ फर्केर’ जस्ता चर्चित गीतहरूमा आवाज दिइसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment