भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,२५२ पुग्यो

डिसी नेपाल
१८ भदौ २०८३ १२:४१

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १,२५२ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार विभिन्न जिल्ला र सीमावर्ती भारतीय भूभागबाट ती शवहरू संकलन गरिएको हो। प्राप्त विवरण अनुसार:

  • रसुवा: १२७

  • नुवाकोट: १७७

  • धादिङ: ६०

  • चितवन: ३५५

  • गोरखा: ६९

  • तनहुँ: ३८

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व): २१८

  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): १९० (भारतमा भेटिएका १८ वटा शवसमेत बुझाइएको)

शव व्यवस्थापन र पहिचानको स्थिति

फेला परेका शवमध्ये हालसम्म ९५ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन बाँकी रहेका शवहरूको डिएनए  नमुना संकलन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी ८९७ वटा शव (२१३ महिला, ३१४ पुरुष र लिंग/पहिचान नखुलेका ३७०) लाई सुरक्षित रूपमा माटोमुनि गाडेर व्यवस्थापन गरिएको छ।

आफन्तजनले पहिचान गर्न सहज होस् भन्नका लागि पहिचान नभएका ९५९ वटा शवको हुलिया तथा विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ।

उद्धार, बेपत्ता र आश्रयको अवस्था

बाढीमा परी अझै ४,८७५ जना नागरिक बेपत्ता रहेका छन् र उनीहरूको खोजीकार्य निरन्तर जारी छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७,९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

यसैगरी, नुवाकोट र रसुवालगायत बाढीप्रभावित जिल्लाहरूमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’हरूमा हाल ३,१२६ जना विस्थापित नागरिकले आश्रय लिइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *