लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं। प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो।
झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट एक, दमक नगरपालिका-५ यलम्बर चोकबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गङ्गापुरबाट तीन, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट एक, इटहरी उपमहानगरपालिका-२० बाट दुई, रामधुनी नगरपालिका-५ बसपार्कस्थित चाम्लिङ होटल एण्ड लजबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट तीन, धनगढी-७ मोतिचोकबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट चार र सर्लाहीको लालबन्दी नगरपालिका-८ गुम्बाटोलबाट एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment