‘डीएसए स्टार सिजन–२०’ को उपाधि इभा, दिक्षा, सान्सा, अमृता र साइमनलाई

डिसी नेपाल
२० भदौ २०८३ १९:०६

काठमाडौं।परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार साँझ सम्पन्न ‘डीएसए स्टार सिजन–२०’ को फिनालेमा विभिन्न विधामा बालबालिकाहरू उत्कृष्ट बन्दै विजेता चुनिएका छन्।

प्रतियोगिताको ‘मिनी डान्सिङ स्टार’तर्फ इभा न्यौपानेले मुख्य उपाधि जितिन्। यस विधामा स्वर्ण महर्जन ‘फस्ट रनरअप’, प्रिसा डंगोल ‘सेकेण्ड रनरअप’ र रुही कनौया ‘थर्ड रनरअप’ घोषित भए।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ दिक्षा खड्काले शीर्ष उपाधि हात पारिन्। सोही विधामा कृषा श्रेष्ठ ‘फस्ट रनरअप’, एलिज्ना प्याकुरेल ‘सेकेण्ड रनरअप’, सराया मल्ल ‘थर्ड रनरअप’, इथन महर्जन ‘फोर्थ रनरअप’, हेजल श्रेष्ठ ‘फिफ्थ रनरअप’, बिबिशा महर्जन ‘सिक्स्थ रनरअप’, परिश्री रिजाल ‘सेभेन्थ रनरअप’ र मायिरा बानियाँ ‘ऐठ्थ रनरअप’ बने।

‘प्री–टिन डान्सिङ स्टार’ विधामा सान्सा नेपाल विजेता बन्दा सुभेक्षा दानी ‘फस्ट रनरअप’, समीक्षा रायमाझी ‘सेकेण्ड रनरअप’, निभा कायस्थ ‘थर्ड रनरअप’, प्रिन्जला खाती ‘फोर्थ रनरअप’, यरिका गुरुङ ‘फिफ्थ रनरअप’, फराह खान ‘सिक्स्थ रनरअप’, माहिरा पाण्डे ‘सेभेन्थ रनरअप’, रितु तामाङ ‘ऐठ्थ रनरअप’ र आर्मित्मा गाहा मगर ‘नाइन्थ रनरअप’ भए।

गायकीतर्फको ‘सिङ्गिङ स्टार’को शीर्ष उपाधि अमृता सुनवारले चुमिन्। उक्त विधामा सुनाक्षी दियाली ‘फस्ट रनरअप’, अभिषेक श्रेष्ठ ‘सेकेण्ड रनरअप’, श्रेयन थापा ‘थर्ड रनरअप’ र प्रसन्न श्रेष्ठ ‘फोर्थ रनरअप’ बने। अभिनय विधाको ‘डीएसए एक्टिङ स्टार’तर्फ साइमन महर्जन विजेता घोषित भए भने निर्विघ्न घिमिरे ‘फस्ट रनरअप’, म्याक्स थापा ‘सेकेण्ड रनरअप’ र डाइलन श्रेष्ठ ‘थर्ड रनरअप’ बने।

प्रतिस्पर्धामा उत्रिनुअघि सहभागी ८५ जना बालबालिकालाई बालाजुस्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विधामा विशेष प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

नेपाल प्रहरीका एआईजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पतञ्जली आयुर्वेद नेपालका व्यवस्थापक प्रतिनिधि एवम् युवा समाजसेवी, कवि तथा लेखक युवराज सुवेदी, सशस्त्र प्रहरीका पूर्व डीआईजी कृष्णभक्त ब्रह्मचार्य, गायिका मनीषा पोखरेल र निर्देशक तथा कोरियोग्राफर मौसम हिमाली निर्णायकका रूपमा रहेका थिए।

हर्लिस नेपालको प्रमुख प्रायोजन र चोको फन क्रसको सहयोगमा आयोजित कार्यक्रमबारे बोल्दै परिवर्तन इभेन्ट हाउसकी सीईओ सोनिया जीआरले विजेताहरूले म्युजिक भिडियोमा अभिनयको अवसरका साथै सन् २०२७ मा जर्जियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने जानकारी दिइन्।

संस्थाका निर्देशक राज बराइलीले बालबालिकामा रहेको आन्तरिक प्रतिभा उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता निरन्तर आयोजना गरिँदै आएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *