एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाखभन्दा बढी सहयोग

डिसी नेपाल
२३ भदौ २०८३ १४:४७

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले करिब रु. ५६ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेका छन्।

दुवै संस्थाका तर्फबाट संयुक्त रूपमा रु. २१ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। यसका साथै, एनआईबीएल इक्विटी पार्टनर्सका विभिन्न पोर्टफोलियो कम्पनीहरूले प्रभावित क्षेत्रको राहतका लागि सामूहिक रूपमा थप करिब रु. ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यससँगै कुल सहयोग रकम रु. ५६ लाखभन्दा बढी पुगेको छ।

राहत सहयोगसँगै बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायतका जिल्लाहरूको दीर्घकालीन पुनर्निर्माण तथा विकासमा समेत टेवा पुर्‍याउने प्रतिबद्धता संस्थाहरूले व्यक्त गरेका छन्।

प्रभावित क्षेत्रका नागरिकको आर्थिक जीवनस्तर उकास्न भविष्यमा लगानीका नयाँ अवसर सिर्जना गर्ने र शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच तथा पुँजी बजारको सेवालाई सहज बनाउने रणनीति लिइएको छ। यस कदमले स्थानीय आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

विनाशकारी बाढीका कारण जीवन गुमाउनेहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *