नेपाली कांग्रेस विधान मस्यौदा समितिमा सदस्य र सदस्य-सचिव मनोनयन

डिसी नेपाल
२३ भदौ २०८३ २१:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’मा सदस्य र सदस्य–सचिव मनोनयन गरेका छन्।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सो समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य-सचिवका रूपमा मनोनयन गरेका हुन्।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुसुमदेवी थापामगर र अञ्जु झालाई समिति सदस्यमा मनोनयन गरिएको छ।

यस्तै, समितिको सदस्य-सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ। पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन तथा संशोधन गर्नका लागि आवश्यक मस्यौदा तयार पार्न सो समिति गठन गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *