सुनसरीका विभिन्न स्थानमा मैनबत्ती प्रज्वलन गरी मनाइयो ‘जेन्जी सहिद दिवस’
इनरुवा, जेन्जी सहिद दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा दीप तथा मैनबत्ती प्रज्वलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जेन्जी युवाहरूको पहलमा संयुक्त रूपमा मैनबत्ती प्रज्वलन गरी दिवस मनाइएको हो।
सदरमुकाम इनरुवासहित कोसी, दुहबी, हरिनगर, भोक्राहा र बराहक्षेत्रलगायतका क्षेत्रमा युवाहरू भेला भई दिवङ्गतहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। कार्यक्रममार्फत युवाहरूले समाजमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिएका थिए।
इनरुवाको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद तथा घाइतेहरूको स्मरण गरियो। सो अवसरमा सहभागीहरूले युवाको आवाज, अधिकार र भविष्य निर्माणका विषयमा राज्य तथा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा रास्वपाका जिल्ला सभापति सागर दाहालका साथै युवा अभियान्ताहरू सत्य यादव, अभिषेक खेरवार, हैदर अलीलगायत स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले देशमा सुशासन, जवाफदेहिता, सामाजिक न्याय र युवामैत्री वातावरण निर्माण हुनुपर्नेमा विशेष जोड दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment