ग्यास अभावको विरोध: आरआर क्याम्पस अगाडि दाउरामा खाना पकाएर विद्यार्थीको प्रदर्शन (तस्बिर)
काठमाडौं। बजारमा इन्धन तथा पकाउने ग्यासको अभाव चुलिएपछि त्यसको विरोधमा विद्यार्थीहरू सडकमै उत्रिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेपाल) निकट विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि दाउरा बालेर खाना पकाउँदै सांकेतिक प्रदर्शन गरेको हो।
पछिल्लो समय सर्वसाधारण र विद्यार्थीहरूले ग्यास नपाएर सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन यो विरोध कार्यक्रम आयोजना गरिएको हो।
विद्यार्थीहरूले मुख्य सडकमै चुल्हो बालेर भात-तरकारी पकाउँदै सरकारविरोधी नाराबाजी गरेका थिए। ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र कालाबजारी नियन्त्रण गर्न विद्यार्थी नेताहरूले सरकारसँग माग गरेका छन्।











No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment