बक्स अफिसमा कुन फिल्मको कमाइ कति?
काठमाडौं। गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २८ गते आइतबारसम्मको चलचित्र गौथली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो।
जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९३ लाख ७४ हजार कमाई गरेको छ। त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ५६२ टिकट बिक्री गरेको छ।
त्यसैगरी भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। चलचित्रले अहिलेसम्म २ करोड ५ लाख ८५ हजार कमाई गरेको छ भने अहिलेसम्म ७३ हजार २२३ टिकट विक्री भएका छन्।
त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म ८५ लाख ९५ हजार कमाइ गरेको छ। यस चलचित्रले २४ हजार ४८६ टिकट बिक्री गरेको छ।
यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment